दिपक उप्रेती

एक आम मानिस │ एक सचेत नागरिक

पेसागत, सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय लिसंखु पाखर सिन्धुपाल्चोकमा जन्मिएका दिपक उप्रेतीले आफ्नो प्रारम्भिक शिक्षा दार्जिलिङ र आफ्नो जन्मस्थानबाट शिक्षा पूरा गरेका हुन् । पेसा र पढाइलाई सँगसँगै अगाडी बढाएका उप्रेतीले भारतको अरुणाचल विश्वविद्यालयबाट Supply Chain Management मा MBA उत्तीर्ण गरेका छन्।

सन् २००७ मा कार्यालय सहायकको पदमा रोजगारीको लागि कतार गएका उप्रेतीले छोटो समयमा नै आफ्नो कार्यकुशलतामार्फत ऊर्जा, पेट्रोकेमिकल, पेट्रोलियम तेल र ग्यासको क्षेत्रमा व्यवस्थापकीय तहमा रहेर गुणस्तर सुनिश्चितता तथा नियन्त्रण, खरिद तथा आपूर्ति, स्थिर सम्पत्ति व्यवस्थापन, मानव संसाधन, परियोजना प्रबन्धन, प्रशासनिक व्यवस्थापनको नेतृत्व गरिसकेका छन्।

Gulf Cooperation Council (GCC) अन्तर्गतका देशहरूलाई आफ्नो कार्यक्षेत्र बनाउँदै आउनु भएका उप्रेती ISO 9001 का आन्तरिक अडिटर समेत हुन्। 

सामाजिक सञ्जाल

Scroll to Top