‘सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल’ को प्रथम ऐतिहासिक भेला सम्पन्न भएको छ। शनिवार भक्तपुरमा सम्पन्न प्रथम ऐतिहासिक भेलाबाट हरे राम घिमिरेको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरिएको हो।
उपाध्यक्षमा सरोज लामिछाने, महिला उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव कुमार लामिछाने, सचिव जनकराम पराजुली, कोषाध्यक्ष मिरा पौडेल, सह कोषाध्यक्ष, उत्सव खड्का, युवा संयोजक सुरेश तिमल्सिना र महिला संयोजकमा मिरा महर्जन चयन भएका छन्। सदस्यहरूमा सिता न्यौपाने, समुन्द्र नेपाल, सूर्य न्यौपाने, दिपक प्रसाद उप्रेती, मच्छिन्द्र न्यौपाने, उमेश पराजुली रहेका छन्।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाका सांसद माधव सापकोटा (सुबोध) ले नयाँ कार्यसमितिलाई थप मजबुत पार्दै नीति नियम र विधानलाई अनुसरण गर्दै अगाडी बढ्न आग्रह गरेका थिए। उनले आफ्नो काम कर्तव्य प्रति सचेत रहँदै प्रवासमा रहेका नेपालीको हक, हित र समस्यामा कार्यसमितिले नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका विशिष्ट कलाकार, साहित्यकार, पत्रकार, समाजसेवी, विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि गएका र प्रवासबाट फर्केकाहरूको सहभागिता रहेको थियो।
‘सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज नेपाल’ को प्रथम भेला सम्पन्न