विवेकशील साझाबाट लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती

विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडि सारेको छ।

लिसंखु पाखर गाउँपालिका वडा-३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य रहेका छन्।

३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन्।

उनले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्षभन्दा लामो कार्य अनुभव हासिल गरेका छन्।

नेपाल फर्कौँ महाअभियानका एक अभियन्ता र एआइआरआइ नेपालका संस्थापक समेत रहेका उप्रेती पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको जिम्मेवारीमा समेत छन्।

https://deshsanchar.com/2022/04/23/639210/

Scroll to Top