साहित्य

पृथ्वी पथ

कविता यो देशकेवल नक्साको रेखा होइन,यो चार जात छत्तीस वर्णको फूलबारी हो—जहाँ हरेक पाइलाले इतिहाससँग होइन, कर्तव्यसँग हिसाब माग्छ। यो भूमिदुई ढुङ्गाबिचको तरुल हो—न झुक्न मिल्छ, न ठोक्किन।कूटनीति भनेको यही सन्तुलनको साधना हो। राजनीति भनेकोपद जोगाउने खेल होइन,नागरिक बलियो बनाउने नीति हो। नेतृत्व दृष्टि हो भने,नागरिक राष्ट्रको प्राण हुन्—प्राण मर्दै गर्दा दृष्टि रमाउन मिल्दैन। अर्थनीति भनेकोविदेशी भर पर्ने […]

पृथ्वी पथ Read More »

दूरी

कविता दूरी भनेकोकेवल किलोमिटर होइन रहेछ,यो त समयको खाली ठाउँ,अधूरा वाक्य,र “पछि कुरा गरौँला” भनी टारिएका मनहरू रहेछन्। पहिलादिनभरि नबोल्दा पनिमन भरिन्थ्यो सम्झनाले,अहिलेदिनभरि बोलेर पनिमन खाली नै रहन्छ। दूरीलेझगडा गराउँदैन,दूरीलेसम्झाइरहने बानी मारिदिन्छ।माया हराउँदैन,तर व्यक्त गर्ने चाहना थाक्छ। पहिलासानो मौनतामा पनिचिन्ता हुन्थ्यो,अहिलेलामो मौनता नैसामान्य जस्तो लाग्न थाल्छ। सबैभन्दा दुख्ने कुरादूरीले“म तिमी बिना बाँच्न सक्दिन” लाईबिस्तारै“ठिकै छ, बानी परिसक्यो” मा बदलिदिन्छ। न

दूरी Read More »

इँटा भट्टादेखि बोर्डरुमसम्म

कविता माटोले लतपतिएका हात, घामसँग लड्दै बिउँझिने बिहान, इँटा भट्टाको धुवाँभित्र सपना पनि पसिना बगाउँथे।   चुल्होको आगो जस्तै तातो थियो जीवन, तर आँखाभित्र शिक्षा, सम्मान र सम्भावनाको ननिभ्ने ज्वाला बलिरह्यो।   कहिले घरेलु कामदारको पहिचान, कहिले मजदुरको नाम, समाजले थमाइदिएको सीमाभन्दा मन सधैँ अग्लो सोच्थ्यो।   हातले काम सिक्यो, मनले अनुशासन, र समयसँगै आत्मविश्वासले बाटो चिन्यो।

इँटा भट्टादेखि बोर्डरुमसम्म Read More »

परदेशको निन्द्रा

कविता परदेशको ओछ्यानमानिन्द्रा आउन डराउँछ,तकियामुनिसम्झनाहरू थुप्रिएका छन्,सपनाले घर खोजिरहन्छ। आँखा चिम्लिँदामेसिन थामिन्छ,तर छातीभित्रदेशअझै जाग्रामै छ।

परदेशको निन्द्रा Read More »

रुख, सूर्य, हँसिया र हलो

कविता एक समय हरियो थियो,छायाँ दिन्थ्यो,आश्रय बन्यो। माटो उब्जाउ थियो,बीउ रोप्दा विश्वास पलाउँथ्यो,भविष्य देखिन्थ्यो। तर समयसँगैहरियाली जोगाउने साटोघामकै भर परियो। माथिबाट तेजिलो सूर्य चम्किरह्यो—आफ्नै तेजमा गर्व गर्दै,“म नै सबैलाई चलाउने शक्ति हुँ”भन्ने भ्रममा। तर त्यो तेजसबैका लागि समान रहेन—कसैलाई पोल्यो,कसैलाई छायाँ नै दिएन। एक दिनत्यही सूर्य ग्रहणले छेकियो,तेज घट्यो,र भरोसाको ताप पनि। त्यतिखेररुख अझै ढलेको थिएन,तरसुक्दै गएको स्पष्ट थियो—पानीको अभावले होइन,भित्रै

रुख, सूर्य, हँसिया र हलो Read More »

घण्टी, लौरो, बत्ती र तराजुको कथा

कविता शहरको एक कुनामा उचाइमा झुन्डिएको घण्टी —सजगताको सङ्केत, चेतनाको आवाज। मुनि ठिङ्ग उभिएको लौरो —जोसिलो, छिटो,तर अलि अधैर्य। छेउमै शान्तसँग बलिरहेको बत्ती —प्रखर ज्योति छरिरहेको। र बिचमा, चुपचाप उभिएको तराजु —सन्तुलनको प्रतीक। घण्टी बजाउनैपर्छ भन्ने ठानियो।तर उचाइ धेरै थियो,हात छोटो पर्‍यो। समाधान आयो —“लौरो चलाऊ।” लौरो खराब होइन,समय र सन्दर्भअनुसार उपयोगी पनि हुन्छ।तर यहाँ लौरो सन्तुलन र विवेकको विकल्प बन्यो। लौरो चल्यो,घण्टी

घण्टी, लौरो, बत्ती र तराजुको कथा Read More »

तब पो तिमी नेता

कविता नेता देख्यो भने, उ चोर आयो भन्छन्,मिले थप्पड हान्छन्, नत्र कालो झण्डा देखाउँछन्,जनताको डर छ, तिमी निर्धक्क हिँड्नै सक्दैनौ,जहाँ तिमी छौ, त्यहाँ तिम्रो सम्मान होस्,तब पो तिमी नेता। तिमी कतै जाँदै गर्दा, तिम्रो इज्जत ढाक्न,सके फकाएर, नसके थर्काएर,कार्यकर्ताले जनता बोटल्नु पर्छ,जहाँ तिमी जान्छौ, त्यहाँ तिम्रो प्रतीक्षा होस्,तब पो तिमी नेता। सभाबाट ननिस्किँदै, तिम्रो आलोचना

तब पो तिमी नेता Read More »

तिमी र म

कविता तिमीलाई थोरै ज्ञान छ भनेआफ्नै घरको ध्यान छ भने।तिमी गर्ने कोसिस गरकठिन परे म सघाउँछु।। तिमी कर्मयोगी बन्छौ भनेआफ्नै खेतबारीमा रम्छौ भने।तिम्रै खेतको कान्लो सम्मबिजन बोकी म आउने छु।। तिम्रो बाली फल्यो भनेभकारी नि भर्‍यो भने।बजार सम्म लैजानलाईभरिया लिई म आउने छु।। तिमीले मलाई साथ देऊ भनेलड्नै लाग्दा हात देऊ भने।तिम्रै घरको दैलोसम्मपक्की बाटो

तिमी र म Read More »

मेरो क्रान्ति अझै अधुरो छ

कविता तिम्रो क्रान्ति त उहि दिन पूरा भएछजुन दिन तिमीले संसदमा पाइला टेकेका थियौतिम्रो क्रान्ति त उहि दिन सफल भएछजुन दिन तिमी झुपडी छोडेर महलमा बसाई सरेका थियौतर मेरो क्रान्ति अझै अधुरो छम संघर्षरत छु मेरो क्रान्ति पूरा गर्नतिम्रा क्रान्तिका परिभाषा तकेवल महलसम्म बसाई सर्नु रहेछआफ्नो हात राष्ट्रको ढुकुटीसम्म लम्काउनु रहेछअनि आफु र अफ्नाहरुलाई सम्वृद्ध

मेरो क्रान्ति अझै अधुरो छ Read More »

Scroll to Top